TodayPati

अनन्त : सरकारको दुवै विवादस्पद अध्यादेश फिर्ता

टुडेपाटी-

काठमाडौं, वैशाख १२ गते ।

सरकारले सोमबार ल्याएका विवादास्पद दुबै अध्यादेश फिर्ता लिएको छ । अध्यादेशको चौतर्फी विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो । 

Sponsored

सरकारको सिफरिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ । त्यसका लागि सरकारले राष्ट्रपतिलाई पत्र पठाउनुपर्नेछ । 

गत सोमाबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको थियो । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । त्यसलगत्तै अध्यादेशको विरोध भएको थियो । अध्यादेशका विषयलाई लिएर सत्तारुढ दलभित्रै अध्यादेश फिर्ता लिन दवाव बढेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *