TodayPati

माडर भन्सारमा सञ्चारकर्मीमाथि भएको दुर्व्यवहार घटनाप्रति महासंघको आपत्ति

टुडेपाटी-
सिरहा, कार्तिक २ गते ।

पत्रकार महासंघ सिरहाले भन्सार कार्यालय सिरहा माडरमा पत्रकार महासंघ सिरहाका सचिव शिवदयाल यादव र ग्यालेक्सी फोकेका सिरहा संवाददाता विनय यादवमाथि भएको दुर्व्यवहार घटनाप्रति आपत्ति जनाएको छ ।

पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताले बुधबार एक विज्ञप्ति जारी गर्दै सञ्चारकर्मी दुर्व्यवहार घटनाप्रति खेद प्रकट गरेको हो ।

Sponsored

सिरहामा भइरहेको अवैध तस्करी धन्दा र भन्सारका कर्मचारीले घुस लेनदेन गरी राज्यको राजस्व छली गरिरहेको विषयमा सञ्चारकर्मीद्वयले मंगलबार समाचार संकलनका लागि माडरस्थित सिरहा भन्सार कार्यालयमा पुगेका थिए ।

यस विषयमा कार्यालयका प्रमुख रामराजाप्रसाद चौरसियासँग प्रतिक्रिया लिन खोज्दा उनले जिम्मेवार र नम्र भएर जवाफ दिनुको सट्टा सञ्चारकर्मीद्वयलाई अपमानपूर्ण ढंगले तथानाम भन्दै प्रहरी बोलाएर थुनाइदिने धम्कीसमेत दिएका थिए ।

महासंघले स्वतन्त्र रुपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई कार्यालयका प्रमुख जस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु अत्यन्तै दुस्खद र अशोभनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ ।

Sponsored

घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न र पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूती गराउन सम्बन्धित निकायलाई महसंघले ध्यानाकर्षणसमेत गराएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *