TodayPati

मधेश प्रदेश : लागूऔषधसहित युवक पक्राउ

टुडेपाटी–
बारा, असोज २४ गते ।

बारामा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

बाराको सिम्रौनगढ नगरपालिका–२ स्थित महुवाहीबाट प्रहरीले २७ सय पिस लागुऔषधसहित भारतको बिहार घर भएका २८ वर्षीय मोहन प्रसाद यादवलाई पक्राउ गरेको छ ।

Sponsored

बिआर–०५ यु४०३७ नम्बरको मोटरसाइकलमा सवार यादवलाई असोज २१ मा पक्राउ गरिएको बाराका एसपी होविन्द्र बोगटीले बताए । आरोपीको साथबाट प्रहरीले डाइजेपाम इन्जेक्सन ९ सय पिस, फेनारगन ९ सय पिस, र नुर्फिन ९ सय पिस बरामद गरेको छ ।

आरोपीमाथि प्रहरीले लागुऔषध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *