TodayPati

मधेश प्रदेश : साढे २८ लाख रुपैयाँसहित तीनजना पक्राउ

टुडेपाटी-
पर्सा, असोज २३ गते ।

स्रोत नखुलेको साढे २८ लाख रुपैयाँसहित पर्साबाट एकजना पक्राउ परेका छन् ।

पर्साको वीरगञ्जबाट प्रहरीले २८ लाख ५६ हजार स्रोत नखुलेको भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिखरवेसी–७ घर भएका ४५ वर्षीया अनिता तामाङसहित ३ जना छन् ।

Sponsored

शनिवार साँझ वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट उनीहरूलाई पक्राउ गरिएको पर्साका एसपी रमेश बस्नेतले बताए ।

पक्राउ परेका आरोपीहरुलाई नगदसहित थप अनुसन्धान र कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बारामा पठाउने तयारी भइरहेको एसपी बस्नेतले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *