TodayPati

जसपाका मधेश प्रदेश उपाध्यक्ष शेषनारायणले पार्टी छाडे, काँग्रेसबाट उम्मेदवारी दिँदै

टुडेपाटी-
जनकपुरधाम, असोज २३ गते ।

टिकेट नपाएपछि जनता समाजवादी पार्टीका मधेश प्रदेश उपाध्यक्ष शेषनारायण यादवले पार्टी परित्याग गरेका छन् । उनी धनुष क्षेत्र नं. ४ को (क) प्रदेशसभा क्षेत्रबाट चुनाव लड्ने आकंक्षी थिए । तर, जसपाले सो क्षेत्रमा पुनः पूर्व आन्तिरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवलाई उम्मेदवार बनाएपछि असन्तुष्ट भएर शेषनारायणले पार्टीबाट साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएका हुन् ।

उनले प्रतिगमनकारी, नागरिकता विधेयक विरोधी पार्टी एमालेसंग गठबन्धन गरेकाले जसपाबाट राजिनामा दिएको बताए ।

Sponsored

उनलाई नेपाली काँग्रेसले धनुषा क्षेत्र नं. ४ (क) प्रदेशसभा सदस्यको उम्मेदवार बनाउन लागेको छ । आफू जसपा छाडेर काँग्रेस प्रवेश गरेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *