मधेश प्रदेश : नक्कली नोटसहित भारतीय युवक पक्राउ
टुडेपाटी-
जनकपुरधाम, असोज १८ गते ।
नक्कली नेपाली रुपैयाँसहित एक भारतीय युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको विहार जिल्ला सितामढी ग्राम पँचायत भासर मछहा वडा न. ०८ भन्सार चोक बस्ने २१ वर्षीय मो.रेजाउल्लाह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएकोछ ।
शनिबार सिरहाको नरहा गाउँपालिका ५ स्थित कृपाल यादवले संचालन गरेको किशोरी ट्रेडस किराना पसलमा मो.रेजाउल्लाहले पाईलट चुरोट १ प्याकेट खरिद गरी नेपाली रुपैयाँ एक हजार दिएपछि ईलाका प्रहरी कार्यालय नरहा सिरहामा सूचना गएको थियो ।
प्रहरीमा सूचना आएपछि तत्काल घटना स्थलमा प्रहरी टोली मो.रेजाउल्लाहलाई नियन्त्रणमा लिँदा उनको साथबाट नेपाली रुपैया १ हजारको ३१ वटा नोट बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।