जनकपुरधामको राजदेवी मन्दिरमा यस वर्ष झण्डै १५ हजार बोका बलि
टुडेपाटी-
जनकपुरधाम, असोज १८ गते ।
जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक झण्डै १५ हजार बोका बलि दिइएको छ । यस वर्ष १४ हजार ९ सय ४१ बोकाको बलि दिइएको हो १४ हजार ९ सय ४१ बोकाको बलि दिइएको हो ।
निशापूजा अन्तर्गत सोमबार राति ८ बजेदेखि सिुरु भएर मंगलबार बिहान ३ बजेर ५३ मिनेटसम्म बोका बलि चलेको थियो ।
बोकाबलीका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको थियो । प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिएको थियो भने एक मिनेटमा एउटा ठेहामा ६ वटा गरी प्रतिमिनेट २४ वटा बोकाको बलिप्रदान भएको थियो ।
बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु सोमबार दिउँसैदेखि लाइनमा लागेका थिए ।
बलिप्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन ५ सयको संख्यामा स्वयंसेवक परिचालन गरिएको थियो ।
बोकाको लाइन सहित डोरी र व्यवस्थापनको लागि समेत प्रति ठेहा १० जना जनशक्ति खटाइएको थियो ।
Sponsored