TodayPati

मधेश प्रदेश लोकसेवा आयोग: परीक्षार्थी भन्दा बढीको नतिजा

टुडेपाटी-
जनकपुरधाम, असोज १७ गते ।

मधेश प्रदेश लोक सेवा आयोगको अधिकृत सातौं तहको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशनमा त्रुटि पाइएको छ । आयोगले परीक्षामा सहभागी भन्दा १२ जना बढी परीक्षार्थीको नजिता प्रकाशन गरेको हो ।

आयोगले गत साउन १८ गते संचालन गरेको  सो परीक्षामा २ हजार ५६७ परीक्षार्थी सहभागी भएका थिए ।  आयोगले असोज १३ गते नतिजा भने २ हजार ५ सय ७९ जनाको सार्वजनिक गरेको हो ।  जसमा परीक्षामा सहभागी भन्दा १२ जना बढी परीक्षार्थीको नतिजा प्रकाशन भएकौ दैखिन्छन् ।

Sponsored

२५६७ देखि २५७९ सम्मका परीक्षार्थी क्रमशः पास भएको पाइएको छ । यसले परीक्षाको विश्वसनीयतामाथि प्रश्न उठेको छ । अहिले समाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

आयोगका प्रवक्ता गंगेश गुञ्जन झाले परीक्षाको बेला केही आवेदक थपिएकाले  नजित बढी प्रकाशन भएको बताए ।
उनका अनुसार ३ हजार बढीले सातौं तहको लागि अनलाइन आवेदन दिएका थिए । जस मध्ये परीक्षार्थी हुन  आधार नपुगेका अयोग्य छाटकाट गरि २५६७ जनाको अनलाइन आवेदन स्वीकृत गरिएको थियो । ‘परीक्षाको अन्तिम समयमा केही परीक्षार्थी आवेदनको प्रकृया पूरा गरि परीक्षामा सहभागी गराउन आग्रह गरेका थिए । तिनीहरुले एक वर्षै फेरि परीक्षाको लागि कुर्नु पर्ने भएको दुखेसो सुनाएपछि आयोगले १२ जना बढीलाई सहभागी गरायो’ उनले भने ‘यो त्रुटि होइन । स्वभाविक हो । केन्द्रीय लोक सेवा आयोगमा पनि यस्तो व्यवस्था छ ।

यसअघि आयोगले गत असोज १ गते लिएको सहयाक पाचौं र असोज ३ गते लिएको सहायक चौथो तहको परीक्षामा पनि भद्रगोल देखिएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *