मधेश प्रदेश : करेन्ट लागेर एकजनाको मृत्यु
टुडेपाटी–
सप्तरी, असोज १४ गते ।
सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका ४ ललापटीमा शुक्रवार दिउँसो करेन्ट लागेर ५० वर्षीय नारायण यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
घरदेखि टाढा गाउँकै खेतबारीमा कृषि मिटरद्वारा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परीक्षणका लागि पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Sponsored