सिरहामा इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन
टुडेपाटी–
जनकपुरधाम, असोज १२ गते ।
सिरहा प्रशासनले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचलाई ध्यानमा राख्दै इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ ।
सिरहा प्रशासनले बुधवार एक सूचना जारी गर्दै असोज मसान्त भित्र आफुसँग भएको हातहतियार तथा गोलिगट्टा जिल्ला प्रशासनमा बुझाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।
निर्धारण गरेको समयभित्र हातहतियार नबुझाएमा प्रचलित कानून बमोजिम भै जाने प्रजिअ कवारीद्वारा जारी सूचनामा उल्लेख गरिएको हो ।