TodayPati

धनुषा क्षेत्र नं. ३ : एमाले नेतृ जुलीले सुरु गरिन् घरदैलो

टुडेपाटी

जनकपुरधाम, असोज १२ गते ।

सत्ता गठबन्धनलाई भागबन्डा गर्न सकस भइरहेको बेला धनुषा क्षेत्र नं. ३ मा एमाले नेतृ जुलीकुमारी महतो घरदैलो अभियान थालेकी छन् ।

Sponsored

उनी मंगलबारदेखि जनकपुरधाम उपमहानगरपालिका ३ जनकपुरमा मत माग्दै घरदैलो गरेकी हुन् ।

प्रतिनिधि सभा सदस्यमा आफूलाई सूर्य छापमा मतदान गर्न उनले मतदातासंग आग्रह गरेकी छन् ।

उनी यस क्षेत्रमा एमालेबाट प्रत्यक्ष तर्फको निश्चित उम्मेदवार हुन् । क्षेत्र नं. ३ बाट एमालेले उनको नाम एकल सफारिस गरेको थियो ।

Sponsored

गत भदौ २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली जनकपुरधामा पार्टी प्रवेश कार्यमलाई सम्बोधन गर्दै नेतृ जुलीलाई यस क्षेत्रबाट चुनावको तयारीमा लाग्न निर्देशन दिएका थिए । त्यसपछि उनी तयारीमा जुटेकी छिन् ।

काँग्रेस नेता बिमलेन्द्र निधि प्रत्येक्षबाट चुनाव लड्न ब्याक भएका छन् । उनी समानुपातिक तर्फ पहिलो नम्बरमा सिफारिस गराइ सुरक्षित गरेका छन् । गत २०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल ( राजपा) बाट चुनाव जितेका लोसपा बरिस्ठ नेता राजेन्द्र महतो यो क्षेत्र छाडेर गृह जिल्ला सर्लाही क्षेत्र नं.२ मा लड्ने तयारी गरिरहेका छन् ।

पाँचदल भित्र यस क्षेत्रमा भागबन्डा मिलेको छैन । काँग्रेस र जसपाले यो क्षेत्रको दावी गरिरहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *