TodayPati

चाडपर्व लक्षित सप्तरी प्रहरीको सुरक्षा योजना सार्वजनिक

टुडेपाटी–
जनकपुरधाम, असोज ९ गते ।

सप्तरी प्रहरीले चाडपर्व लक्षित आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको छ । सोमबारदेखि सुरु हुन लागेको दशैँ, दिपावली तथा छठ पर्व लक्षित जिल्ला प्रहरी कार्यालय सप्तरीले आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको छ ।

चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनालाई रोक्नका लागि जिल्लाभर ७ सय प्रहरी परिचालन गरिने प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Sponsored

चाडपर्व लक्षित करिब ७ सय प्रहरी परिचालन गर्नुका साथै १७ वटा ४ पाङग्रे र ३६ वटा २ पाङ्ग्रे
गाडी, सूचना संकलनको लागी सादा पोशाकमा प्रहरी परिचालन गरिने प्रवक्ता काफ्लेले जानकारी दिए ।

यस्तै विभिन्न स्थानमा पिकेटहरू खटाई सार्वजनिक स्थान र सवारीसाधनमा हुन सक्ने दुर्व्यवहारलाई नियन्त्रण गरिने, दिरा पसल र भट्टीहरूलाई निगरानिमा राखि समयमा नै बन्द गराईने योजना प्रहरीले बनाएका छन् । प्रहरीले बनाएको सुरक्षा योजना कार्तिक १४ गतेसम्म रहने प्रवक्ता काफ्लेले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *