नागरिकता विधेयक प्रमाणिकरण नगर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश
टुडेपाटी–
काठमाडौँ, असोज ९ गते ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगर्नुको कारण पेश गर्न सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलाई आदेश दिएको छ।
न्यायाधीश हरिप्रसाद फूयालको एकल इजलासले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न आदेश दिएको हो।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै रिट परेको थियो।
अधिवक्ता डा. सुनिल रञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतका अधिवक्ताहरूले राष्ट्रपतिविरुद्ध रिट दायर गरेका थिए।
सर्वोच्चको आदेशअनुसार राष्ट्रपतिले लिखित जवाफ पेस गर्नुपर्ने छ।
Sponsored