TodayPati

धनुषा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान, एकजना पक्राउ

टुडेपाटी–
जनकपुरधाम, भदौ २८ गते ।

धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच दोहोरो गोली हानाहान भएको छ ।

गणेशमान चारनाथ नगरपालिका ४ पोर्ताहास्थित चारनाथ खोलामा बन्दुधारी समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको हो ।

Sponsored

सोमबार राति ११ः४० बजेको समयमा गणेशमान चारनाथ नगरपालिका पोर्ताहा प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक रामनाथ यादव नेतृत्वको गस्ती टोलीले बन्दुकधारी समूहलाई रोक्न खोज्दा दोहोरो गोली हानाहान भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा उनीहरुले फायर गरेपछि जवाफी कारवाहीमा प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको थियो ।

प्रहरीको जवाफी कारवाहीमा बन्दुकधारी समूहका एक जनालाई बायाँ खुट्टामा गोली लागि घाइते अवस्थामा पक्राउ गरेको हो। अन्य समूहका व्यक्तिहरू भने फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Sponsored

प्रहरीको गोली लागि पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका(५ बस्ने ३० वर्षीय गणेशबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीको गोली लागि घाइते अवस्थामा पक्राउ परेका बुढाथोकीलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र अवस्थामा सामान्य रहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।
पक्राउ परेको व्यक्तिको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद गरीएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरुहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *