विश्व बैंकबाट सरकारले ३५ अर्ब ॠण लिने, मधेशमा चिडिया खाना बनाइने
टुडेपाटी-
काठमाडौं, भदौ २८ गते ।
नेपाल सरकारले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर)सहुलियत ऋण लिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् वैठकको निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।
मन्त्री कार्कीका अनुसार यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि यो ऋण सहायता स्वीकृत गरिएको हो ।
महिला संरक्षण तथा उथान प्रणाली सुदृढीकरणका लागि एसियाली बैंकबाट प्राप्त हुने १२ मिलियन डलर अनुदान लिन वार्ता टोली गठन गर्ने निर्णय समेत भएको कार्कीले जानकारी दिए ।
यस्तै मधेश प्रदेशमा चिडियाखाना बनाउनका लागि अनुमति दिने निर्णय भएको उनले जानकारी दिए ।
Sponsored