TodayPati

जनकपुरमा निःशुल्क खाना खुवाइँदै

टुडेपाटी-
जनकपुरधाम, वैशाख १० गते ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रम नियन्त्रणकालागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा खाद्यन्न अभाव झेलिरहेका अति विपन्न परिवार तथा व्यक्तिलाई जनकपुरमा निःशुल्क खानाको व्यवस्था गरिएको छ ।

वडा नम्बर १४ स्थित रजौल सेवा समितीले गत सोमवारदेखि निःशुल्क खानको व्यवस्था गरेको हो । विहान १० बजेदेखि दिउँसो १२ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खाद्यन्न अभाव तथा अति विपन्न परिवारलाई निःशुल्क खानाको व्यवस्था गरिएको हो ।

Sponsored

स्थानीय नागरिक समाज तथा दाताहरुको सहयोगमा निःशुल्क खानाको व्यवस्था गरिएको समाजले जनाएको छ । दैनिक करिब ४ देखि ५ दर्जन बढी व्यक्ति निःशुल्क खानाको लाभ लिँदै आएको बताइएको छ । समितीले निःशुल्क खानाको कार्यक्रमलाई निरन्तरता दिन दाताहरुसँग सहयोगको अपील गरेको छ ।

स्थानीय सरकारले लकडाउनको अवधि लम्बिदै जाँदा समेत राहतको व्यवस्था नगरेपछि विपन्न परिवारलाई छाँक टार्न समस्या भएको छ । यस्तो विपप परिस्थितीमा सरकारले राहत वितरण नगरेपछि समितीले निःशुल्क खानाको व्यवस्था गरदिएपछि विपन्नहरु खुशी भएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *