TodayPati

कोरोना संक्रमित कञ्चनपुरका ४० वर्षीय पुरुष डिस्चार्ज, निको हुनेको संख्या ६ पुग्यो

टुडेपाटी-
कञ्चनपुर, वैशाख १० गते ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट बुधबार थप एकजना कोरोना संक्रमित पुरुष डिस्चार्ज भएको छ ।

कोरोना संक्रमित भएपछि सेतीमा उपचाररत कंचनपुरको बेदकोट नगरपालिका–९ का ४० वर्षीय कोराना संक्रमित पुरुष बुधवार निको भएर अस्पतालबाट डिस्चार्ज भएको हो ।

Sponsored

योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ पुगेको छ ।

सेती प्रादेशिक अस्पतालले एक विज्ञप्ती जारी गर्दै उनलाई डिस्चार्ज गरेको जनाएको छ । ११ जनाको समूहमा भारतको उत्तराखण्डबाट कञ्चनपुरको ब्रह्मदेव नाका हुँदै नेपाल प्रवेश गरेका उनलाई चैत १४ गतेदेखि बेदकोट नगरपालिका–९ स्थित कृषि पाइलट फर्मको क्वारेन्टाइनमा राखिएको थियो ।

कोरोना पुष्टि भएपछि चैत्र २२ गते उपचारको लागि उनलाई सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।

Sponsored

यससँगै सेती प्रादेशिक अस्पतालबाट निको हुनेको संख्या ३ पुगेको छ भने २ जना संक्रमित अझै उपचाररत रहेको अस्पतालले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *