TodayPati

सर्लाहीमा सर्पको टोकाइबाट एक महिलाको ज्यान गयो

टुडेपाटी-
सर्लाही, भदौ २५ गते ।

सर्लाहीमा सर्पको टोकाइबाट एकजना महिलाको ज्यान गएको छ ।

शुक्रबार दिउँसो सर्लाहीको हरिवन नगरपालिका ११ हरिवन बस्ने भीमप्रसाद दाहालको घरमा ठेकदारसँग श्रम गर्न आएकी स्थानीय ३५ वर्षीया श्यामकुमारी महतोलाई सर्पले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए ।

Sponsored

प्रहरीका अनुसार काम गर्ने क्रममा गोमन सर्पले टोकेपछि सिकिस्त भएकी महिलालाई उपचारको लागि नवलपुरस्थित सर्प दंश अस्पताल नवलपुर लगिएकोमा थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा रिफर गरिएको थियाे ।

साेही अस्पतालमै राति ११ बजे मृत्यु भएको यादवले बताए ।

महिलाको मृत्यु भइसकेकाले शनिबार बिहान माइती पक्षले शव बुझेको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएकाे छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *