बलात्कार प्रयासको आरोपित लहानका उपमेयरले गरे प्रहरी समक्ष आत्मसमर्पण
टुडेपाटी-
सिरहा, भदौ २५ गते ।
जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता भएपछि फरार रहेका सिरहाको लहान नगरपालिका उपप्रमुख राम चलितर महतोले प्रहरी समक्ष आत्मसमर्पण गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी निरीक्षक कोमल ठाकुरका अनुसार असार ४ गते २१ वर्षीया युवतीलाई जबर्जस्ती करणी गर्न खोजेको उजुरी परेपछि उनी शुक्रबार आत्मसमर्पण गरेको छ ।
रोजगारी दिलाइदिन भन्दै उपप्रमुख महतोको कार्यकक्षमा पुगेकी युवतीमाथि उपप्रमुख महतोले कोठाको चुकुल लगाएर जबर्जस्ती गरेको उजुरी प्रहरीमा परेको थियो । असार ४ गते इलाका प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएपछि प्रहरीले उपप्रमुख महतोको खोजी गरिरहेको थयो ।
उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
Sponsored