TodayPati

नेपाली क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

टुडेपाटी–
काठमाडौं, भदौ २३ गते ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

Sponsored

एक नाबालिक किशोरीले लामिछोनेविरुद्ध बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।

अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले बताएको छ । प्रहरीले अब उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ ।

लामिछाने हाल देश बाहिर छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *