कुर्था–बिजलपुरा रेल खण्डमा सफल परिक्षण
टुडेपाटी–
जनकपुरधाम, भदौ २३ गते ।
तीन चरणमा निर्माण भइरहेको रेल्वे खण्ड अन्तर्गत दोस्रो चरणको सफल परिक्षण गरिएको छ ।
बिहीबार जनकपुरधामको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर रेलको परीक्षण गरिएको छ ।
निमार्णको मुख्य कामहरु सम्पन्न भइसकेपछि यस खण्डमा रेल गुडाएर दोस्रो चरणमा परीक्षण गरिएको हो ।
पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म रेल सञ्चालनमा आइसकेको छ ।
जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर खण्डमा २०७८ चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
Sponsored
दोस्रो चरणमा बिहीबार कुर्थादेखि विजलपुरासम्म रेलको परीक्षण गरिएको नेपाल रेल्वे कम्पनीका इन्जीनियर रविन्द्र साहले जानकारी दिए ।
उनले १७ किलोमिटर रेल्वे खण्डमा बिहीबार रेल गुडाएर परीक्षण गरिएको बताए । प्रतिघण्टा १०० किलोमिटरको स्पिडमा रेल गुडाएर परीक्षण गरिएको उनले जानकारी दिए ।