सिरहामा मोटर ठीक गर्न इनार भित्र पसेका बुबा र छोराको करेन्ट लागेर मृत्यु
टुडेपाटी-
जनकपुरधाम, भदौ १६ गते ।
सिरहामा इनार भित्रै करेन्ट लागेर बुबाछोराको मृत्यु भएको छ ।
गोलबजार नगरपालिका ६ बस्ने बिजय साह र उनका छोरा अमर साहको बिहीबार करेन्ट लागेर मृत्यु भएको हो ।
बिहीबार अपराह्न ४ बजे पानी तान्ने मोटर मर्मतको लागि इनारभित्र पसेका बेला बुबाछोराको करेन्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
स्थानीयका अनुसार मोटरसमा खराबी आएपछि ठीक गर्न पहिला बाबु इनारभित्र पसेका थिए । बुबालाई करेन्ट लागेपछि छोरा समेत ईनार भित्र पस्दा करेन्ट लागेर मृत्यु भएको स्थानीयको भनाइ छ ।
शवलाई ईनारबाट निकालेर पोस्टमार्टमका लागि अस्पताल लगिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
Sponsored