आज बटेश्वरमा ‘डान्स कम्पिटीसन’ आठवटा टिम सहभागी हुँदै
टुडेपाटी-
जनकपुरधाम, भदौ १४ गते ।
नेपाली महिलाहरुको महापर्व हरितालिका तीज तथा चौरचनको अवसरमा आज धनुषाको बटेश्वर गाउँपालिकामा
प्रदेश स्तरीय वृहत नृत्य कला प्रतियोगिता हुन लागेको छ ।
बटेश्वर गाउँपालिका वडा नं. ४ स्थित शिवशक्ति यूथ क्लवको आयोजनामा महादेव मन्दिर परिसरमा बिहान ११ बजेदेखि नृत्यकला प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा विभिन्न आठ जिल्लाका नृत्य टिमले भाग लिएको छ ।
प्रतियोगितामा आयोजक (धनुषा), जनकपुर, बिरटनगर (मोरङ), रंगदर्पण (महोत्तरी), भिमान (सिन्धुली), लालबन्दी (सर्लाही), भिजन ग्रुप (सिरहा) र वीरगंज (पर्सा)को नृत्य टिमहरु सहभागी हुने आयोजक क्लबका प्रतिनिधि मदन विकले जानकारी दिए ।
Sponsored
नृत्यकला प्रतियोगितामा उत्कृष्ट गर्ने टिमहरुको लागि पुरस्कारको व्यवस्था समेत गरिएको छ । प्रथम पुरस्कार नगद ५० हजारसहित शिल्ड र प्रमाण पत्र, दोस्रो पुरस्कार नगद २५ हजारसहित शिल्ड र प्रमाण पत्र र तेश्रो पुरस्कार नगद ५ हजार र प्रमाण पत्र रहेको आयोजक क्लबले जनाएको छ ।