रौतहटमा चट्याङ लागेर एकै गाउँका तीन महिलाको ज्यान गयो
टुडेपाटी-
रौतहट, भदौ १४ गते ।
रौतहटमा चट्याङ लागेर एकै गाउँमा तीन महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका– ३ मलाहिटोल गाउँ छेउमा खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीनजनाको मृत्यु भएको हो ।
चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगियाकुमारी र १८ वर्षीया मनिषाकुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी रुपेशकुमार सिंहले जानकारी दिए ।
मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डीएसपी सिंहको भनाइ छ ।
चट्याङ लागेर एउटै गाउँको एकैपटक तीनजनाको मृत्यु भएपछि सिंगो मलाही गाउँ शोमा डुबेको छ । खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी वर्ष ४० कि सैलिदेवी सामान्य घाइते तथा एकदर्जन बढी महिला चट्याङबाट प्रभावित भएको उनले बताए ।
Sponsored