TodayPati

अश्लीलताको हदपार गरेपछि ‘टिकटक’ विरुद्ध तातियो मधेश, प्रतिबन्ध लगाउन माग

टुडेपाटी-
जनकपुरधाम, भदौ १४ गते ।

सामाजिक सञ्जाल टिकटकलाई पूर्णरूपमा प्रतिबन्ध गर्न माग गर्दै अहिले मधेस तातेका छन् । चीनिया एप टिकटक बन्द गर्नुपर्ने माग राख्दै मधेशका दुई जिल्लामा प्रदर्शन गरिएको छ । प्रदेशको राजधानी जनकपुरधाम र सिरहामा युवाले प्रदर्शन गरेका छन् ।

टिकटकले आफ्नो संस्कृति बिग्रिरहेको, अश्लिलता प्रदर्शन भइरहेको भन्दै युवाहरुले संघर्ष समिति बनाएर प्रदर्शन गरेका हुन् । ‘टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कार्वाही गर्नुपर्ने, टिकटक भगाउ, आफ्नो संस्कृति बचाऔं’ भन्दै दुबै जिल्लामा प्रदर्शन गरिएको छ ।

Sponsored

युवाहरुले टिकटक बन्द गर्न भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र नगरपालिकाको कार्यालयका ज्ञापनपत्रसमेत बुझाएका छन् ।

टिकटक बन्द संघर्ष समिति सिरहाका संयोजक राजेश यादवले टिकटक प्लेटफर्ममा अश्लिलता बाहेक अन्य केही नदेखिएको र यसले समाजमा विकृति फैलाइरहेकाले बन्द गर्नुपर्ने बताए ।

टिकटकका कारण यौनधन्दा, आत्महत्या, समाजिक विकृति मौलाउने किसिमका गतिविधिहरु बढन थालेपछि चिन्ताको विषय भएको उनले बताए ।

Sponsored

यसअघि मधेसका महोत्तरी र रौतहट जिल्लामासमेत ज्ञापनपत्र बुझाइएको थियोे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *