धनुषामा तीन तल्लाबाट खसेर एक वर्षीय बालकको ज्यान गयो
टुडेपाटी-
जनकपुरधाम, भदौ १३ गते ।
धनुषामा तीन तल्लाघरबाट खसेर एक वर्षीय बालकको ज्यान गएको छ । ज्यान जानेमा मिथिला नगरपालिका ६ ढल्केवर बस्ने रामकुमार सिंहका १ वर्षीया छोरा आरभु कुमार महतो रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार साँझ ६ बजे आफ्नै घरमाथि खेल्दै गरेका बालक रेलिङ्गबाट बाहिरएपछि खसेर गम्भीर घाइते भएका थिए ।
प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए ।
मृतक बालकको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।