TodayPati

जनकपुरमा तीनवटा औषधि पसल सिल

टुडेपाटी

जनकपुरधाम, भदौ १३ गते ।

जनकपुरमा अवैध सञ्चालनमा रहेका तीनवटा औषधि पसल सिल गरिएको छ । काव्या हस्पिटल भित्र सञ्चालित औषधि पसल, हस्पिटल रोडमा सञ्चालित आरुसी मेडिकल र शेखर मेडिकल औषधि पसल सोमबार सिल गरिएको हो ।

Sponsored

वीरगन्ज स्थित औषधि व्यवस्था विभाग शाखा कार्यालउकको टोलिले सोमबार जनकपुरधाममा अनुगमन गरेको हो । सो क्रममा दर्ता नरहेको पाइएपछि तीनवटै औषधि पसल सिल गरेको विभागका फार्मेसी अधिकृत सर्फराज अहमद खानले टुडेपाटीलाई जानकारी दिए ।

फार्मेसी अधिकृत खान र फार्मेसी सुपरभाइजर ओम जयसवालको टीमले प्रहरीलेको सहयोगमा औषधि पसलहरुको अनुगमन गरेको थियो । सो क्रममा दर्ता नरहेको थुप्रै औषधिपसल बन्द गरि सञ्चालक फरार रहेका थिए ।

अनुगमन टोलिलाई जानकी प्रहरीचौकीका सई राजेश कुमार सिंहको प्रहरी टोलीले सघाएको जनाएको छ।

Sponsored

पछिल्लो समय जनकपुरमा औषधि व्यवस्था विभाग अनुगमनलाई निरन्तरता दिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *