जनमत पार्टीमा प्रवेश गरे जसपाका अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष
टुडेपाटी–
काठमाडौँ, भदौ १३ गते ।
जनता समाजवादी पार्टीको अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् ।
नेपाल सदभावना पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष सेमत रहेका नरसिंह चौधरी जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
कपिलवस्तुको तौलिहवामा आयोजित एक कार्यक्रमकाबीच जसपाका केन्द्रीय सदस्य तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्व मेयर मनमोहन चौधरी पनि पार्टी प्रवेश गरेको जनमतका महासचिव चन्दन सिंहले जानकारी दिए ।
उक्त कार्यक्रममा विभिन्न पार्टीका नेता कार्यकर्ता पनि पार्टी प्रवेश गरेको उनको भनाइ छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै जाँदा राजनीतिक दलहरुले आफ्ने सक्रियता बढाएको छ ।
Sponsored