सप्तरीमा सशस्त्र प्रहरीद्वारा अबैध मदिरा बरामद
शुभ नारायण यादव–
सप्तरी, भदौ १३ गते ।
पछिल्लोपटक सप्तरीमा सशस्त्र प्रहरीले सक्रियता बढाएपछि विभिन्न समानहरु धमाधम बरामद हुन थालेको छ ।
सोही क्रममा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ५ बाट २०० लिटर अबैध मदिरा नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कडरबोनाबाट खटिएको टोलीले गाइघाट कदमाहा सडक खण्ड अन्तरगत सुरुङ्गा ५ स्थित एक घरमा शङ्का लाग्दा चेबजाच गरि सो अबैध मदिरा नियन्त्रणमा लिइ नष्ट गरेका छन् ।
प्रहरीले स्थानीय वडाअध्यक्ष दिलाराम चोधरीसहित भद्रभलादमी, बुद्धिजीवी लगायतको उपस्थितिमा मदिरा नष्ट गरेको सशस्त्र प्रहरी बल नेपाल ६ नं. गणका गणपति एव सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिए ।
यस्तै सप्तरीको राजगढ गाउँपालिका वडा नं. २ स्थित बनेनियाबाट झण्डै २५ हजार मूल्य बराबरको अबैध राजनिवास मरामद गरेको छ । बिओपी बनेनियाका सशस्त्र प्रहरी निरिक्षक तुल्सी राम कार्कीको कमाण्डमा खटिएको टोलीले सो अबैध राजनिवास मरामद गरेको छ ।
Sponsored
भारतबाट भन्सार छलि गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १०६ प्याकेट राजनिवास बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको समानलाई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको तथा तस्करको खोजी भइरहेको सशस्त्र प्रहरी बल नेपाल ६ नं. गणले जनाएको छ ।