जसपाबाट प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि को–को छन् आकांक्षी ?
टुडेपाटी–
जनकपुरधाम, भदौ १३ गते ।
मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु खुल्न थालेका छन् । उनीहरु विभिन्न राजनीतिक तथा स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गर्न लागेका हुन् ।
यसैक्रममा जनता समाजवादी पार्टी नेपालले धनुषाका चारवटै निर्वाचन क्षेत्रका लागि आफ्नो दलबाट सम्भावित उम्मेदवारहरुको नामावली संकलन गरेको छ ।
प्रतिनिधिसभातर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ का लागि दीपक कार्कीको एकल नाम सिफारिस गरिएको छ भने निर्वाचन क्षेत्र नम्बर–२ का लागि बलराम महतो, सुर्य चन्द्र यादव, गजाधर रोहिता, देब कृष्ण मण्डल र राम शंकर पासवानको नाम छनोट गरिएको हो ।
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा लाल किशोर साह, जितेन्द्र कुमार यादव, विजय कुमार भगत र सर्वजित ठाकुरलगायत चार जनाको नाम सिफारिस गरिएको छ भने क्षेत्र नम्बर–४ का लागि महाजन यादव र बलराम महतोको नाम प्रस्ताव गरिएको हो ।
यस्तै प्रदेशसभातर्फ क्षेत्र नम्बर–१ को ‘क’ बाट सुकेश्वर यादव र ब्रम्हदेव महतोको नाम सिफारिस गरिएको छ भने ‘ख’ बाट सुरेन्द्रकुमार मण्डल, बेचन महतो, चन्देश्वर महतो र रामनरेश महतोलाई छनोट गरिएको छ ।
Sponsored
त्यस्तै क्षेत्र नम्बर २ को ‘क’ तर्फ शैलेन्द्र प्रसाद यादव, अरुण सिंह मण्डल र पशुपति यादवलाई उम्मेदवारको रुपमा अगाडि सारिएको छ भने ‘ख’ मा राम अशिष यादव, राम अशिष रोहिता, बरुण यादव र देवेन्द्र यादवलगायत चार जनाको नाम सिफारिस गरिएको हो ।
यस्तै क्षेत्र नम्बर–३ को ‘क’ बाट का लागि अशोक कुमार यादव, प्रेमचन्द्र झा, जितेन्द्र कुमार यादवको नाम सिफारिस गरिएको छ भने ३ ‘ख’ मा विष्णुदेव साह, अम्बुप्रसाद साह, नवीन यादवको नाम रहेको छ ।
यस्तै क्षेत्र नम्बर–४ को ‘क’ बाट शेष नारायण यादव, बजरंग कुमार यादव, हरि नारायण यादव, बृज कुमार यादव र ज्ञानेन्द्रकुमार यादवलगायत पाँच जनाको नाम सिफारिस गरिएको छ भने ४ को ‘ख’ तर्फ दिनेश कुमार यादव र राम नरेश महतोको नाम सिफारिस गरिएको छ ।