धनुषाबाट करिब डेढ लाखको भन्सार छलीको सामान बरामद
टुडेपाटी–
जनकपुरधाम, भदौ १२ गते ।
धनुषा प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याएको करिब डेढ लाखको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा खटेको प्रहरी टोलीले शहिदनगर नगरपालिका ६ स्थित भरतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याएका १ लाख ४५ हजार १३० रुपैयाँ बराबरको किराना सामान बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
बरामद गरिएको सामान आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।