राजर्षी जनक विश्वविद्यालयको लेखा र प्रशासन शाखामा तालाबन्दी
टुडेपाटी-
जनकपुरधाम, भदौ १२ गते ।
राजर्षि जनक विश्वविद्यालयको केन्द्रीय कार्यालयकोे लेखा र प्रशासन शाखामा पेपर कोर्स कन्ट्रयाक्ट शिक्षकहरूले तालाबन्दी गरेका छन् ।
शिक्षकहरूले विश्वविद्यालयका कार्यबाहक भिसी डा. शैलेन्द्र नारायण मल्लिक, कार्यबाहक रजिष्ट्रार जुगेश्वर साह र विज्ञ डा. देवराज अधिकारीको तस्बिरमा आगजनी गर्नुका साथै विज्ञले सार्वजनिक गरेको रिपोर्टसमेत जलाएका हुन् ।
पेपर कोर्स कन्ट्रयाक्ट शिक्षकहरूले विज्ञ डा. देवराज अधिकारीले सार्वजनिक गरेको रिपोर्टप्रति असन्तुष्टि जनाउँदै आगजनी गरेका छन् ।
पूर्णकालीन शिक्षक व्यवस्थापन प्रयोजनको लागि नियमावलीमा भएको व्यवस्था अनुसार स्थायी, अस्थायी वा करारको प्रक्रियाद्वारा शिक्षक पदपूर्तीलाई प्राथमिकतामा राखि यथाशिघ्र उपयुक्त र आवश्यक कार्य गर्नु पर्ने, छोटो अवधिको शिक्षक व्यवस्थापन प्रयोजनको लागि नियमावलीको व्यवस्था अनुरुप करार प्रक्रियाद्वारा व्यवस्थापन गर्न उपयुक्त र आवश्यक कार्य तिब्र पार्ने, वर्तमान पेपर कन्ट्रयाक्टको व्यवस्थालाई नियमानुसार यथाशिघ्र पुनरावलोकन गरिने र विश्वविद्यालयका पेपर कोर्ष कन्ट्रयाक्ट शिक्षकहरूलाई नियमानुसार सेवा प्रवेशको लागि एक पटकको लागि उमेरको हदबन्दी हटाउन व्यवस्था मिलाउन सहमति भएपनि कार्यान्वयन नगरिएको शिक्षकहरूको आरोप छ ।
Sponsored