जनकपुरमा मिथि फाउण्डेशनसहितका संस्थाको संयुक्त अयोजनामा ४५ जनाले गरे रक्तदान
टुडेपाटी-
जनकपुरधाम, भदौ १२ गते ।
मिथि फाउण्डेशन, मिथिला संस्कृति समाज नेपाल र जनकपुर रेल्वे ट्रेक क्षेत्र साप्ताहिक सरसफाई अभियानको संयु्क्त आयोजनामा जनकपुरधाममा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रेडक्रस सोसाइटी जनकपुरधामको सहयोगमा जनकचोकमा शनिबार आयोजित रक्तदान कार्यमा ४५ जनाले रक्तदान गरेको मिथि फाउण्डेशनकी अध्यक्ष रुवी झाले जानकारी दिइन् ।
‘रक्तदान जीवन दान’ मूल नाराको साथ भएको सो कार्यक्रममा रक्तदान गर्नेहरुलाई सम्मानपत्र समेत वितरण गरिएको थियो ।
कार्यक्रममा मधेश प्रदेश सांसद प्रमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरे लगायतको विशेष उपस्थिति रहेको थियो ।
Sponsored