TodayPati

मधेस प्रदेशसभा संसदीय अनुगमन विशेष समितिबाट तिवारीले दिइन् राजीनामा

टुडेपाटी-
जनकपुरधाम, भदौ १२ गते ।

मधेस प्रदेशको प्रदेशसभा संसदीय अनुगमन विशेष समितिबाट रानीशर्मा तिवारीले राजीनामा दिएकी छन् । अनुगमन समिति २०७५ मा सत्तापक्षकै हालीमुहाली रहेको भन्दै रानीले सदस्य पदबाट राजीनामा दिएकी हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट मधेस प्रदेशको प्रदेशसभा सदस्य रहेकी शर्माले समितिमा सत्तापक्षकै बहुमत रहेको र सत्तापक्षले गरेका कामहरूको अनुगमन गर्ने क्रममा सरकारले समितिलाई असहयोग गरेको भन्दै पदबाट राजीनामा दिएको बताइएको छ ।

Sponsored

उनले अनुगमनको क्रममा सम्बन्धित मन्त्रालयहरूले समितिलाई आवश्यक कागजातहरू समयमा उपलब्धसमेत नगराएकाे आरोप लगाएकी छन् ।

सप्तरीको सिँचाइ डिभिजन कार्यालयले २० करोड थप रकम पाएको र उक्त रकमकाे योजना उपभोक्ता समितिबाट सञ्चा‍लन गर्नको लागि कार्यालयले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गइ रकम टुक्रा-टुक्रा पारी योजना सञ्चालन गर्दै आइरहेकाे प्रदेशसभा सदस्य शर्माले बताइन् ।

उनले यस विषयमा निष्पक्ष अनुगमन गर्न समितिका सत्तापक्षीय सदस्यहरू सकारात्मक नरहेको कारण समितिका बैठकहरूसमेत समयमा बस्ने अवस्था नरहेको जानकारी दिइन् ।

समितिका सत्तापक्षीय सदस्यहरूको कार्य अवस्था तथा सरकारको असहयोगको कारण आफूले राजीनामा दिन बाध्य भएकाे उनले बताइन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *