धनुषाका मिटरब्याजी पीडितहरुसँग कार्यदलले थाल्यो छलफल
टुडेपाटी–
जनकपुरधाम, भदौ ११ गते ।
गृहमन्त्रालयले गठन गरेको मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले धनुषाका मिटर ब्याजी पीडितहरुसँग छलफल गरेका छन् ।
शनिवार जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेको अधिकृत संगममा समितिले धनुषाका मिटर ब्याजी पीडितहरुसँग छलफल गरेका छन् ।
कार्यदलका संयोजक एवं गृहमन्त्रालयका सहसचिव डा. भिष्म कुमार भुसालले मिटर ब्याजीविरुद्ध मुद्दा लिने कार्य निरन्तर जारी रहेको बताए ।
उनले समस्याको गहिराईमा पुग्नका लागि पालिकाको महत्वपूर्ण योगदान रहेको बताए । सो छलफल विभिन्न स्थानीय तहका जनप्रतिनिधिले मिटर ब्याजीको समस्या समाधान गर्नका लागि सहकारी संस्थाहरुलाई प्रोत्साहन गर्नमा जोड दिए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गृहको निर्देशन अगाडि पनि मिटर ब्याजी सम्बन्धीत मुदाहरु दर्ता हुँदै आएको र गृहको निर्देशन पश्चात हालसम्ममा १९२ वटा मुद्दा दर्ता भएको जानकारी दिए ।
Sponsored