जिसस सप्तरीका पुर्व प्रमुखसहित सयौँ नेता तथा कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश
शुभ नारायण यादव–
सप्तरी, भदौ ११ गते ।
जिल्ला समवन्य समिति सप्तरीका पुर्व प्रमुख प्रभाकर यादव मनोजसहित सयौँ नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
जसपा नेपाल सप्तरीद्वारा शनिवार राजविराजमा आयोजित एक समारोहकाबीच यादवको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि सयौँ नेताकार्यकर्ता जसपा नेपालमा प्रबेश गरेका हुन् ।
जसपाका जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नवप्रबेशी नेताकार्यकर्ता सदस्यता प्रदान गरि माला, गम्छा, टीका लगाएर पार्टी प्रवेश गराए ।
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका पुर्व जिल्ला अध्यक्ष अमरनाथ मण्डल, छिन्नमस्ता गाउँपालिकाकी निवर्तमान वडा अध्यक्ष प्रमिला यादव, विवेकशिल पार्टीका केन्द्रिय सदस्य सुमन कुमार मिश्रालगायतका १ हजार भन्दा बढी नेताकार्यकर्ता विभिन्न पार्टी परित्याग गरि जसपामा प्रबेश गरेको जसपा सप्तरीका कोषाध्यक्ष एवम प्रचार विभाग प्रमुख बृजमान तामाङले जानकारी दिए ।
Sponsored