TodayPati

उदयपुरमा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो, ८ जनाको रिपोर्ट आउँदै

टुडेपाटी-
उदयपुर, वैशाख ९ गते ।

उदयपुरको मस्जिदमा लुकेर बसेकामध्ये थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले थप एकजनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो।योसँगै संक्रमित हुनेको संख्या ३२ पुगेको छ।

उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना देखिएपछि सो क्षेत्रका ३ सय २० जनाको नमुना स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। त्यहीँ मध्ये आज एकजना कोरोना संक्रमण देखिएको हो।

आजै उदयपुरका १३ संक्रमितसँग सम्पर्कमा आएका ८ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ। उनीहरुको विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *