TodayPati

नागरिकताविहीन संघर्ष समितिले नेता महासेठलाई बुझाए ध्यानाकर्षण पत्र

टुडेपाटी-
जनकपुरधाम, भदौ ९ गते ।

प्रतिनिधिसभाबाट दोश्रो पटक पारित भएको नागरिकता विधेयकमा सहयोग गरिदिन हुन नेकपा एमालेका सचिव तथा नेता रघुवीर महासेठलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । नागरिकताविहीन संघर्ष समितिले बुधबार धनुषाको मिथिला नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता महासेठलाई उक्त ध्यानाकर्षण पत्र बुझाइएको हो ।

नागरिकताविहीन संघर्ष समिति नेपालका मिथिला नगरपालिकाका अध्यक्ष कर्मवीर महतोको अध्यक्षतामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रपतिबाट प्रमाणीकरण गर्न गराउन आवश्यक सहयोग गर्नुहुन भन्दै ध्यानाकर्षण पत्र बुझाएको संघर्ष समितिका सचिव जीतेन्द्र कुशवाहाले जानकारी दिए ।

Sponsored

गएको साउन ६ गते पहिलो पटक प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयक साउन १२ गते राष्ट्रयसभाबाट पनि पारित भएको थियो । राष्ट्रयसभाबाट पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर राष्ट्रपति कार्यालय शीतलनिवास पठाएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले झन्डै दुई सातासम्म विचाराधीन राखेर गएको साउन २९ गते आइतबार उक्त विधेयकलाई प्रमाणीकरण नगरी सन्देशसहित संसद्‌मा फिर्ता पठाइदिएकी थिइन् । संसद्‌मा फिर्ता पठाएको ४ दिनमै सरकारले हुबहु पुनः प्रनिनिधिसभाबाट बहुमतका साथ नागरिकता विधेयक पारित गरेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *