TodayPati

सप्तरीमा सीमानाकामा सशस्त्र प्रहरीको सक्रियता, धमाधम समातिदै अवैध सामान, तस्करको भागाभाग

शुभनारायण यादव-
सप्तरी, भदौ ९ गते ।

पछिल्लोपटक सप्तरीमा सशस्त्र प्रहरीले सक्रियता बढाएपछि अवैध सामानहरु धमाधम बरामद हुन थालेका छन् । सशस्त्र प्रहरीले सप्तरीको विभिन्न सीमावर्ती नाकाबाट लाखौंको अवैध सामानहरु बरामद गरेको हो ।

सशस्त्र प्रहरी वीओपी छिन्नमस्ताका सई राम एकवाल यादवको कमान्डमा खटिएको टोलीले ५२ हजार ५०० मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपालतर्फ भन्सार छलि ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले कपडा , एलइडी टिभी र भाडावर्तन बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए । त्यस्तै सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिका १ कोशी ब्यारेजबाट सशस्त्र प्रहरीले पाउडर दूध ३० प्याके, चिनी ६० किलो, रजनीगन्धा ४०५ पिस र बाबा तुलसी गरी कुल २८ हजार ७७५ रुपैयाँ बराबरको सामान बरामद भएको उनले बताए ।

Sponsored

सुरक्षा बेश भारदहका असय लक्ष्मी यादवको कमान्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ साइकलमा बोकेर ल्याउँदै गरेको अवस्थामा उक्त सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरी, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ स्थित टिकुलीयाबाट सशस्त्र प्रहरीले आलु २ क्विन्टल, लसुन ४० किलो, प्याज ९२ किलो, चामल ९५ किलो गरी कुल १९ हजार ४५० मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपालतर्फ भन्सार छली लुकिछुपी ल्याउँदै गरेको अवस्थामा वीओपी बर्साइनका सशस्त्र प्रहरी निरिक्षक केशवशरण मैनालीको कमान्डमा खटिएको टोलीले सामान बरामद गरेको छ ।

बरामद भएका अवैध सामानहरु आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठी पठाइएको सशस्त्र प्रहरी ६ नं. गणले जनाएको छ । पछिल्लोपटक सप्तरीको विभिन्न सीमावर्ती नाकाहरुमा सशस्त्र प्रहरीले सक्रियता बढाएपछि धमाधम अवैध सामानहरु फेला पर्न थालेको गणपति खड्काले बताए । सीमामा सशस्त्र प्रहरीले धडपकड शुरुवात गरेपछि सप्तरीका तस्करहरुको भागाभाग हुनुका साथै विस्थापित हुने अवस्थामा पुगेको छ ।

Sponsored

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *