TodayPati

सिरहामा जस्तापाता मुक्त विद्यालय भवन निमार्णको माग

टुडेपाटी-
सिरहा, भदौ ८ गते ।

सिरहामा जस्तापाता मुक्त विद्यालय भवन निमार्णको माग गरेका छन् । अधिकांश समाुदायिक विद्यालय जस्तापाताले छाएको भवनमा पठनपाठन गर्न जाडो र गर्मी दुवै मौसममा उपयुक्त नदेखिएकोले जस्तापाता मुक्त विद्यालय भवन निर्माणको माग विद्यार्थी, शिक्षक र अभिभावकहरुले गर्न थालेका हुन् ।

जस्तापाताले छाएको भवनमा विधार्थी र शिक्षक दुवैलाई उपयुक्त नदेखिएको लहान–१८ श्रीराजाजी माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र नारायण चौधरीले बताए । ‘‘जाडोमा जस्ताबाट सितका थोपा चुहिन्छ । गर्मीमा जस्तापाता तातेर कक्षामा खपिनसक्ने गर्मी हुन्छ । जस्तापाताले छाएको भवनमा पढँउदा विधार्थी शिक्षक दुवैलाई उपयुक्त देखिएन,’’ चौधरीले भने ।

Sponsored

शिक्षक विद्यार्थीहरु यतिबेला चर्को गर्मीमा कक्षामा पसिनाले भिजेर हैरान भईरहेको चौधरी जस्तै अन्य सामुदायिक विद्यालयक शिक्षक र विधार्थीले पनि गुनेसो गरेका छन् । लहान–१५ स्थित सगरमाथा माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बीरेन्द्रकुमार चौधरी भन्छन्, ‘‘शिक्षणमैत्री वातावरण बनाउन जस्तापाता विस्थापित गर्ने कार्यको सुरुवात हामीले गरिसकका छौं । न जाडोमा न गर्मीम उपयुक्त देखियो । पक्की छत भएको भवन निर्माण कार्य क्रमशः अगाडि बढाईसकेका छौं ।’’

जस्तापाता मुक्त विद्यालय निर्माण अभियान सखुवानन्कारकटिमा थालि सकेको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताए । उनले गाउँपालिकामा रहेको सामुदायिक विद्यालयहरुमा पक्की छत भएको सुरक्षित र शिक्षणमैत्री भवन निर्माणको लागि प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको पनि बताए ।

केही नहुनुभन्दा केही हुनु जाति भन्ने लोकोक्ति झैं विद्यालयहरुको पुरानो इतिहास हेर्दा माटोको भित्ता र फुस छाना भएको घर उपयुक्त रहेको देखिन्छ । यसलाई हटाएर इँटाको पर्खाल र जस्तापाताको छाना भएको व्यवस्थित भवनहरु निर्माण गरिएपनि त्यो मौसम अनुकुल नभएको स्थानीयको भनाइ छ ।

Sponsored

स्थानीय सरकारलाई शिक्षा हेर्ने जिम्मा दिएपछि संघ र प्रदेश सरकारसँग समन्वय गरेर सामुदायिक विद्यालयको पक्की भवन निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको लहान नगरप्रमुख महेप्रसाद चौधरीले बताए ।

लहान नगरपालिकाको ५९ वटै सामुदायिक विद्यालयको पक्की भवन निर्माणको लागि वडा र नगरबाट विनियोजन हुने बजेटलाई समेत प्राथमिकतामा राखेको उनले भन्दै आफ्नो पाँच वर्षे कार्यकालमा जस्तापातामुक्त विद्यालय भवन निर्माण गर्ने विश्वास दिलाए ।

सामुदायिक विद्यालयको भौतिक र शैक्षिक सुधारमा स्थानीय सरकारले थालेको साकारात्मक पहलले अधिकांश विद्यालयहरुले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले पनि पक्की र शिक्षण मैत्री भवनहरु निर्माण भइरहेको छ ।

केही वर्षपछि सामुदायिक विद्यालयहरु जस्तामुक्त हुनेतर्फ उन्मुख भइरहेको जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेशकुमार महतोले बताए । उनले थपे,‘‘समग्र जिल्लाको शैक्षिक र भौतिक अवस्था सुधार गर्न १७ वटै पालिकालाई एक ठाउँमा राखेर समन्वयात्मक कार्य अघि बढाइने सोचमा छौं ।’’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *