१२ प्रतिशतले घट्यो आयात, साउनमा १ खर्ब ३१ अर्बमा सीमित
टुडेपाटी-
जनकपुरधाम, भदौ ८ गते ।
चालु आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ३१ अर्बको मात्र सामान आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको साउन महिनाको भन्दा यो पटक १२ प्रतिशतले समान आयातमा कमी आएको हो ।
विदेशी सञ्चितिमा दबाब परेको भन्दै सरकारले विलासी समानहरूमा प्रतिबन्ध कायम राखेको छ । विगतमा अनुपातमा आयातमा कमी देखिए पनि आयातदर भने घट्न सकेको थिएन । साउन महिनामा १२ प्रतिशतले आयात घटेको हो । गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्बको आयात भएको थियो ।
निर्यातमा पनि गत वर्षको तुलनामा २८।६८ प्रतिशतले गिरावट आएको छ । गतवर्ष २० अर्ब ७६ करोडको निर्यात भएकोमा यो पटक १४ अर्ब ८० करोड बराबरको मात्र वस्तु निर्यात भएको छ ।