TodayPati

कमला नदीमा अवैध उत्खनन गर्ने चारवटा ट्याक्टर नियन्त्रणमा

टुडेपाटी-
जनकपुरधाम, भदौ ८ गते ।

अवैध रुपमा खोला उत्खनन गर्ने चारवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको गणेशमानचारनाथ नगरपालिका ६ स्थित कमला खोलामा गिट्टीबालुवा उत्खनन गरिरहेको अवस्थामा चारवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

Sponsored

प्रहरी चौकी पोर्ताहा धनुषाबाट खटेको प्रहरी टोलिले ना. ७ त. ६४८६, प्रदेश २-०३-००१ त १११०, प्रदेश २-०१-००१ त ११५६ र प्रदेश २-०१-००१ त.८६४ नम्बरको टयाक्टर नियन्त्रण्मा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नियनत्रणमा लिएको ट्याक्टर आवश्यक कारवाहीको लागि मंगलबार गणेशमानचारनाथ नगरपालिकाको कार्यालयमा पठाइएको जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *