मधेश प्रदेश : तस्करीको सामान बरामद गर्न जाँदा प्रहरी र स्थानीयबीच झडप
टुडेपाटी–
सप्तरी, भदौ ७ गते ।
सप्तरीमा प्रहरी तस्करीको सामान बरामद गर्न जाँदा प्रहरी र स्थानीयबीच झडप भएको हो ।
जिल्लाको बलान विहुल गाउँपालिका–४ बेल्हीमा तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा झडप भएको हो ।
मंगलबार दिउँसो घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्याएपछि विवाद सुरु भएको थियो ।
विवाद बढ्दै प्रहरी र स्थानीय बीच झडप भएको र झडपमा परेर केही ३ जना प्रहरी र स्थानीय घाइते भएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
स्थिती नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाइ फायर समेत गरिएको उनले बताए ।
Sponsored
तस्कर भने फरार भएको उनले बताए ।