TodayPati

धनुषामा साढे चारलाख भन्दा बढीको भन्सार छलीको सामान बरामद

टुडेपाटी-
जनकपुरधाम, भदौ ७ गते ।

धनुषा प्रहरीले भन्सार छली गरेर ल्याएको साढे चार लाखभन्दा बढीको सामान बरामद गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटेको प्रहरीको गस्ती टोलीले मा धनौजी गाउँपालिका वडा नं. १ र २, नगराईन नगरपालिका वडा नं. २, विदेह नगरपालिका २, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ र २३ बाट भरतबाट भन्सार छली गरेर ल्याएको सामान बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

Sponsored

प्रहरीले चोरी पैठारी गरी ल्याएको ४ लाख ६५ हजार ९५० रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा लगायतका सर-समानहरू बरामद गरेको हो ।

बरामद गरिएको सामान आवश्यक कार्वाहीको लागि मंगलबार भन्सार कार्यालय जनकपुरधाममा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *