TodayPati

१३ जना संक्रमित रहेको उदयपुरमा थप ८ जनामा कोरोना पोजेटिभ देखियो

टुडेपाटी-
उदयपुर, वैशाख ९ गते ।

उदयपुरमा फेरी ८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । त्रियुगा नगरपालिका–३ भुल्केका ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको हो।

कोशी अस्पतालको परीक्षणमा ती ८ जनालाई पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ। ‘रि(कन्फर्म’ का लागि नमुना संकलन गरेर धरानस्थित बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको स्रोतले जनाएको छ।

Sponsored

यसअघिगत ५ वैशाखमा उदयपुरको त्रियुगानगरपालिका–३ भुल्केमा रहेको मस्जिदमा बसेका ११ जना भारतीय र दुइ जना नेपालीमा संक्रमण देखिएको थियो ।

त्रियुगाका मेयर वलदेव चौधरीले पनि १२ जना पोजेटिभ देखिएपछि ६ वैशाखमै भुल्केको मस्जिद वरपर सिल गरी सम्भावित ६९ जनाको र्‍यापिड टेस्ट गराएको बताएका छन्। जसमा शंकास्पद ८ जनाको पीसीआर गराउँदा कोशीको ल्याबले पोजेटिभ देखाएको बताइएको छ।

चार दिनअघि भुल्के मस्जिदमा कोरोना देखिएका १३ जना मध्ये ११ जना भारतीय नागरिक हुन्। २ जना नेपाली हुन् । उनीहरुको अहिले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *