महोत्तरीमा देवरको हत्या अभियोगमा भाउजू जेल चलान
टुडेपाटी-
महोत्तरी, वैशाख ९ गते ।
महोत्तरीमा देवरको हत्या गरेको अभियोगमा भाउजूलाई पूर्पक्षको लागि जेल चलान गरिएको छ । महोत्तरी जिल्ला अदालत महोत्तरीको आदेशमा सम्सी गाउँपालिका २ बस्ने रकिवुल अन्सारीकी पत्नी २८ वर्षीया सगिरा खातुनलाई मंगलबार जेल चलान गरिएको हो ।
पति विदेश रहेको अवस्थामा परपुरुषसँग अनैतिक सम्बन्ध राखेकै बेला आपत्तिजनक अवस्थामा देवरले देखेपछि भाउज्यूले प्रेमीसँग मिलेर उनको हत्या गरेको अभियोगमा उनलाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षको लागि जलेश्वर कारागर चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सगिराले प्रेमीसँग मिलेर गत चैत ९ गते देवर १३ वर्षीय मजिबुको घाँटी थिचेर हत्या गरी शव घर नजिकै गाड्न लगिरहेका अवस्थामा स्थानीयवासी सदिक मोमिनले घटनाबारे जानकारी गराएपछि प्रहरीले शव नियन्त्रणमा लिएको थियो ।