TodayPati

धनुषामा इँटाभट्टामा गाडिएको मजदुरको शव निकालियो, पोष्टमार्टम हुँदै

टुडेपाटी-
जनकपुरधाम, वैशाख ९ गते ।

धनुषामा इँटाभट्टामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । विदेह नगरपालिका–३ जोगियास्थित भगवत्ती इँटा उद्योगमा चुँडिएको विजुलीको तार जोड्ने क्रममा ४० वर्षीय भारतीय नागरिक सुक्ता नदाफको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नदाफको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएपछि इँटा भट्ठाका सञ्चालक अनिफ नदाफ र अजिम मंसुरीले उनको शवलाई प्रहरीलाई कुनै जानकारी नै नगराई भट्ठामै गाडेका थिए ।

घटनाको सम्बन्धमा प्रहरीले जानकारी पाएपछि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याएका छन् भने इँटाभट्टाका सञ्चालकद्वय नदाफ र मंसुरीलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडी बढाइएको धनुषका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *