जनकपुरधाममा नेपाल बन्दको प्रभाव शून्य
टुडेपाटी-
जनकपुरधाम, भदौ ७ गते ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव जनकपुरधाममा देखिएको छैन ।
जनकपुरधामसहित जिल्लाको अवस्था सामान्य अवस्थामा गाडी चलिरहेका छन् ।
यसअघिका सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बन्द आह्वान गरेको छ ।
बन्दलाई ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) ले बन्दमा समर्थन जनाएकाछ ।
सडक र गाडीमा कुनै अवरोध नहोस् भन्नका लागि बिहानैदेखि चोकचोकमा प्रहरी खटिएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Sponsored
यहाँका हाटबजार पनि बिहानैदेखि खुलेका छन् ।