TodayPati

सोचेभन्दा धेरै मिटर ब्याजीविरुद्ध उजुरी आयो, छानबिन गरी कारबाही गर्छौं: गृहमन्त्री खाण

टुडेपाटी-
काठमाडौं, भदौ ७ गते ।

मिटरव्याज पीडितहरूबाट अहिलेसम्म एक हजार ९ सय ३७ वटा उजुरी प्राप्त भएको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन्।

गृह मन्त्रालयले मिटरव्याज अपराध अध्ययन गर्न कार्यदल बनाएर भदौ ५ गतेसम्म उजुरी गर्नआह्वान गरेको थियो।

Sponsored

कतिपय जिल्लामा मिटरव्याज अपराधविरूद्ध उजुरी नै नआएपछि सार्वजनिक सूचना जारी गरेर उजुरी आह्वान गरिएको थियो।

भदौ ५ गतेसम्म एक हजार नौ सय ३७ उजुरी आएको उनले बताए । सबै उजुरीमाथि छानबिन गरी कानून अनुसार कारबाही गर्ने गृहमन्त्री खाणले भने।

गृहमन्त्रीले मिटरव्याज अपराधमा जहिले पनि उजुरी दिन सकिने  बताए। यसका लागि हदम्याद नतोकिएको उनको भनाइ थियो।

Sponsored

प्रदेश नम्बर १ मा ९२ वटा उजुरी आएका छन्। सबैभन्दा धेरै मिटरव्याज अपराधमा मधेश प्रदेशमा उजुरी आएका छन्। खाणका अनुसार मधेश प्रदेशमा एक हजार तीन सय ३० उजुरी प्राप्त भएका छन्।

बागमतीमा २०२, गण्डकीमा ३५, लुम्बिनीमा २११, कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी आएको गृहमन्त्री खाणले जानकारी दिए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *