मधेश प्रदेश : टायर पड्केर हायस दुर्घटना हुँदा एकको मृत्यु, १३ जना घाइते
टुडेपाटी–
जनकपुरधाम, भदौ ६ गते ।
हायसको टायर पड्केर दुर्घटना हुँदा सप्तरीमा एकजनाको मृत्यु भएको छ । यस्तै सो दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सोमबार दिउँसो करिब पौने ३ बजेको समयमा जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका ६ नँया बस्ति बसन्तपुरस्थित पुर्व पश्चिम लोकमार्गमा हायस दुर्घटना हुँदा झापाको कन्काई नगरपालिका ८ बस्ने ५२ वर्षीया अमृका ओलीको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
बा ५ ख २३१० नम्बरको हायसको ड्राईभर साईडको पछाडिको टायर अचानक पडकेपछि हायस अन्यन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा परेर ६ महिलासहित १३ जना घाइते भएका छन् ।
दुर्घटनामा परेर हयासका चालक झापाको बिर्तामोड ४ का ४३ वर्षीय दुर्गा बहादुर मगर, मोरङको गछिया ४ की १९ वर्षीया सबिना राई, रौतहटको २४ वर्षीय मनोज जैसवाल, भारतको दिल्लीका ४६ वर्षीय ईमराम अहमद , हायसका सहचालक बिर्तामोड ४ का ३० वर्षीय हिमाल प्रसाद, चितवनको रत्ननगर ९ का ४८ वर्षीय बिनोद प्रसाद शर्मा, मोरङको उर्लाबारीकी ४२ वर्षीया तारा बिक घाइते भएककी छिन् ।
यस्तै झापाका २९ वर्षीय अशोक माझी, २९ वर्षीया बिछा ओलि, २४ वर्षीया अन्जना अधिकारी, २० वर्षीया सिर्जना अधिकारी, ४६ वर्षीया सुसमिता संग्रौला र मोरङकी ४२ वर्षीया तारा बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Sponsored
उनीहरुको उपचार भइरहेको छ ।